»WELL COME TO NAYAJANAMAT.TK<<तपाइसंग कुनै नंया समाचार भएमा इमेल गरिदिनुस हामी प्रकासित गरिदन्छिौ ।>> गुल्मी बाट संचालित पहिलो अनलाईन पत्रिकामा स्वागत छ ।>> We always request for your pleasure to visit this site.»please email me about this site at, tara_gulmi@yahoo.com, or dial 00977 79 520172>>" कृपया फोटोहरु हेर्नको लागि BOTTOM सम्म पुग्नुहोला >>Please go to bottom to view a photoes of Gulmi"

Naya Janamat

Naya Janamat

November 5, 2007

संकटकालप्रति चिन्ता

Filed under: समाचार

काठमाडौं, कार्तिक १८ - प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पाकिस्तानमा संकटकाल लागू भएकामा सरकार चिन्तित बनेको बताएका छन् । ‘यस क्षेत्रमा प्रजातन्त्र देख्न चाहने हामी सबैलाई पाकिस्तानको वर्तमान सत्ताले लागू गरेको संकटकालबाट त्यो आशा किरणमा ग्रहण लागेको छ,’ प्रधानमन्त्रीले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन् । त्यहाँ यथासम्भव छिटो प्रजातन्त्र स्थापनामा सम्बद्ध सबै पक्षलाई क्रियाशील हुन उनले आग्रह गरेका छन् । कांग्रेस, एमाले, माओवादी, राप्रपा, नेकपा संयुक्त, नेविसंघ लगायतले सैनिक ‘कु’को विरोध गरेका छन् । बार एसोसिएसनले पनि सैनिक संकटकालको विराेध गरेको छ ।

सरकारलाई संसद्को निर्देशन

Filed under: समाचार

काठमाडौं, कार्तिक १८ - अन्तरिम संसद्को विशेष अधिवेशनले गणतन्त्र घोषणा प्रक्रिया तत्काल थाल्न र संविधानसभा चुनावमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउन आवश्यक कानुन बनाउन आइतबार सरकारलाई निर्देशन दिएको छ । एमालेले राखेको गणतन्त्रको प्रस्ताव र माओवादीले राखेको समानुपातिक निर्वाचन प्रणालीको प्रस्तावलाई एकअर्काका सांसदहरूले समर्थन गरेपछि यी दुवै ‘जरुरी सार्वजनिक महत्त्वका विशेष प्रस्ताव’ संसद्को सामान्य बहुमतबाट पारित भएका हुन् ।

सात दलबीच साझा सहमति जुटाउने प्रयास विफल भएपछिको मतदानमा मुख्य सत्तारूढ कांग्रेस र वामपन्थी दलहरूबीच मतविभाजन भएको हो । यसअघि संविधानसभा पहिलो बैठकबाट कार्यान्वयन हुनेगरी सदनबाट संघीय लोकतान्त्रिक गणतन्त्र घोषणाको प्रस्तावलाई सात दलको साझा प्रस्ताव बनाउन कांग्रेस र एमाले सहमत भएका थिए । तर माओवादीले तत्काल घोषणा कार्यान्वयन हुनुपर्ने अडान राखेपछि सहमति प्रयास विफल भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सात दल बैठकमा पनि गणतन्त्रको साझा प्रस्ताव सदनबाट पारित गरी समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव फिर्ता लिन कांग्रेसले माओवादीसँग आग्रह गरेको थियो । त्यसपछि एमाले संसदीय दल कार्यालयमा वामपन्थी दलहरूको बैठक र एमाले-माओवादी वार्ता भएको हो । अन्तिम समयमा माओवादी गणतन्त्रसम्बन्धी आफ्नो प्रस्ताव फिर्ता गरी एमालेको संशोधन प्रस्ताव मान्न सहमत भएको थियो ।

समानुपातिक निर्वाचन प्रणाली आफ्नो राजनीतिक अडान रहेकाले त्यससम्बन्धी माओवादी प्रस्तावमा मतदान गर्न आफूहरूलाई आपत्ति नभएको एमाले नेताहरूले बताएपछि यी दुवै प्रस्तावमा बहुमत जुटेको

हो । ‘गणतन्त्रको प्रक्रियामा हाम्रो प्रस्ताव माओवादीले मानेपछि एकै ठाउँमा मतदान गर्ने वातावरण बन्यो,’ एमाले सांसद रघुजी पन्तले भने- ‘यो खास मुद्दामा भएको सहमति हो ।’

उनले गणतन्त्र सम्बन्धमा संसद्बाट पारित प्रस्तावभन्दा कांग्रेससँग सहमति भई माओवादी असहमति कारण पारित हुन नसकेको प्रस्ताव अग्रगामी भएको बताए । ‘कांग्रेसको तर्फबाट प्रस्तुत भएको प्रस्तावको मस्यौदा एमालेले नै गरेको हो,’ पन्तले भने- ‘त्यो निश्चय नै राम्रो थियो । तर माओवादीको सहमत नभएपछि प्रक्रियामा रहेको संशोधन प्रस्तावमै चित्त बुझाउनुपरेको हो ।’

कांग्रेस र एमालेले संसद्बाट गणतन्त्र घोषणा गर्ने र संविधानसभाको पहिलो बैठकबाट कार्यान्वयन गर्ने प्रस्ताव गरेका थिए । ‘नेपाली जनताको चाहना र भावना जनताको सम्प्रभुता, जनप्रतिनिधि- मूलक शासन, लोकतान्त्रिक पद्धति र लोकतान्त्रिक गणतन्त्र हो भन्ने तथ्य निर्विवाद रूपमा स्थापित भइसकेको छ,’ प्रस्तावमा छ- ‘यो बैठक मुलुकको यस यथार्थलाई हृदयंगम गर्छ र तदनुरूप ०६४ सालभित्र संविधानसभा चुनाव सम्पन्न गर्ने संकल्प गर्दै संविधानसभा पहिलो बैठकको निर्णयबाट कार्यान्वयन गर्ने गरी नेपाललाई संघीय गणतान्त्रिक राज्य घोषणा गर्छ ।’

तर संसद्बाट पारित एमालेको प्रस्तावमा ‘…नयाँ मिति तोकी संविधानसभा निर्वाचन गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रको आवश्यक सम्पूर्ण प्रक्रिया अविलम्ब निर्धारण गर्न र यसका निम्ति ठोस कदम चाल्न यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ ।’ (more…)

September 29, 2007

कान्तिपुरप्रति माओवादी संगठनको आक्रमणको विरोध

Filed under: समाचार

गुल्मी, ११ असोज- नेपाल पत्रकार महासंघर प्रेस युनियनले शुक्रवार छुट्टछुट्टै विज्ञप्ती जारी गर्दै माओवादी निकट अखिल नेपाल सञ्चार तथा छापाखाना र प्रकाशन मजदुर संघले गरेको विभिन्न संचार संस्थाहरुमा माथिको हस्तक्षेपको भ्रत्सना गरेका छन् ।

पत्रकार महासंघका शाखा सभापति हरिकुमार श्रेष्ठद्वारा प्रकाशित विज्ञप्तीमा आप\mना माग पुरा गराउने नाममा पत्रपत्रिका नै बन्द गराएर जनताको सुचनाको हक कुण्ठित गर्न खोजेको बताउदै त्यस्ता गतिविधि रोकेर प्रेस स्वतन्त्रताका पक्षमा जिम्मेवार भएर लाग्न आग्रह गरिएको छ । विज्ञप्तीमा भनिएको छ-’यस अघि पटक पटक अन्य संचार माध्यमहरुमा आक्रमण हुनुले माओवादी र तिनका भातृ संगठनहरु प्रेस स्वतन्त्रता विरोधी हुन भन्ने प्रष्ट भएको छ, त्यस्ता गतिविधि तत्काल रोकेर जनताको सुचनाको हकसम्मान गर्न हामी आग्रह गर्दछौं ।’

त्यस्तै प्रेस युनियनका अध्यक्ष रेशम कु“वरले पनि विज्ञप्ती जारी गर्दै माओवादी निकट संगठनका नाममा पटक पटक संचारसंस्थाहरु माथि हुदै आएका आक्रमणका घट्नाले माओवादीको प्रेस स्वतन्त्रताप्रतिको चरित्र प्रष्ट भएको उल्लेख गर्दै यस्ता क्रियाकलाप तत्काल सच्चाएर अगाडी बढ्न आग्रह गरिएको छ । ‘पटक पटक आक्रमण हुनु पक्कै पनि राम्रो होइन’-विज्ञप्तीमा भनिएको छ-’यसले माओवादीको यो नियोजित षडयन्त्र हो भन्ने संकेत गरेको छ ।’ विज्ञप्तीमा माग पुरा गराउनै पर्ने भएपनि जिम्मेवार ढंगले आन्दोलन गर्न आग्रह गरिएको छ ।

September 22, 2007

अर्न्तक्रियाका सहभागीहरु

गुल्मीको तम्घासमा माओवादीले आयोजना गरेको ‘वास्तविक संविधान सभाका लागि नया“ अन्तरिम सरकार’ विषयक अर्न्तक्रियाका सहभागीहरु । कार्यक्रममा सबैले माओवादीलाई सरकारमै बसेर मंसिर ६ गतेको निर्वाचनमा सहभागी बन्न आग्रह गरेका थिए । अर्न्तक्रियामा स्थानीय बुद्धीजीवी, प्राध्यापक, सामाजिक अगुवाहरु, व्यवसायी र र्सवसाधारणको उपस्थिति थियो । तस्विर ः घनश्याम गौतम/

September 21, 2007

सुनियोजितरुपमा षड्न्त्रकारी तत्वले घटाएका- गृहमन्त्री सिटौला

रुपन्देही असोज ४, गृहमन्त्री कृष्णप्रसाद सिटौलाले कपिलबस्तुको घटना सदियौदेखिको सामाजिक सद्भावलाई तोडेर हिंसा र अराजकता फैलाउने उद्देश्यले सुनियोजितरुपमा षड्न्त्रकारी तत्वले घटाएको बताउनु भएको छ । कपिलबस्तुको घटना निरीक्षण गर्न शुक्रबार आउनु भएका गृहमन्त्री सिटौलाले निरीक्षण पश्चात लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार्रार्थ भर्ना भएका घटनाका घाइतेहरुलाई भेटेपछि संचारकर्मीसंग कुरा गर्दै यस्तो कुरा बताउनुभएको हो । उहाूले घाइते विरामीलाई सहानुभुति व्यक्त गर्दै उपचार्रार्थ घाइतेका कुरुवालाई खाने व्यवस्था सरकारले गर्ने र त्यसका लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिएको बताउनुभयो । गृहमन्त्री सिटौलाले कपिलबस्तुको घटना दुःखद भएको र त्यसले सिगों राष्ट्र आहात भएको बताउनु भयो । घटनामा जसको मृत्यु भएपनि जो घाइते भएपनि, जो जसको सम्पत्ति क्षति भएपनि नेपालीको मृत्यु र क्षति भएकोले त्यसलाई सरकारले संवेदनशील रुपमा लिएको पनि गृहमन्त्री सिटौलाले बताउनुभयो । (more…)

September 19, 2007

सिप सिक्दै

गुल्मीको तम्घासमा सादा कपडामा फुलका बुट्टा बनाउदै महिला । स्थानीय स्तरमा खुलेको एक मात्र यस्तो कर्ढाई प्रशिक्षण केन्द्रमा यस्तो सिप सिक्ने महिलाहरुको भिड लागेको छ । उनीहरुले एउटा तन्नामा बुट्टा भरेको ५ सय लिने गरेका छन् । तस्विर ः घनश्याम गौतम

टेलिभिजन टावर संचालनमा

Filed under: समाचार

गुल्मी, २ असोज- तिन वर्षअगाडी निर्माण सम्पन्न भएको यहाको अर्जुनडाडामा रहेको नेपाल टेलिभिजनको टावर बुधवार देखि संचालनमा आएको छ ।

टेलिभिजनले ५० लाख भन्दा बढीको लागतमा टावर र भवन समेत निर्माण गरी तिनवर्षदेखि अलपत्र पारेको थियो । यहाका राजनीतिक दल र स्थानीयको दवावपछि टेलिभिजनले टावर संचालनमा ल्याएको नेपाल टेलिभिजनका स्थानीय प्रतिनिधि हरिकुमार श्रेष्ठले बताए । टावर अलपत्र परेपछि संचालन गर्नका लागि स्थानीय बासिन्दाले यहा दवाव समुह नै गठन गरी टेलिभिजनलाई दवाव दिदै आएका थिए ।

टावर संचालनमा आएपछि गुल्मी, पाल्पा, अर्घाा“ची, बाग्लुङ्ग, सल्यान र प्यूठानसम्मका र्सवसाधरणले बिना केवुल सामान्य ऐन्टेनाबाट नेपाल टेलिभिजन हर्ेन सक्नेछन् ।

दाताले छोडेपछि करोडौं लगानी भएका यहा“का तिन हरित सडक अलपत्र

गुल्मी, २ असोज- गैर सरकारी संस्थाको सहयोगमा निमार्ण्ाधिन यहाका तिन ठुला हरित सडकहरु दाताले छोडेपछि अलपत्र परेका छन् । अलपत्र परेका सडकहरुको लम्बाई झण्डै ५५ किलोमिटर छ ।

रोजगार मुलक ग्रामिण पुवाधार कार्यक्रम -इग्रिप), आयका लागि पुवाधार कार्यक्रम -इन्प्रिmन) को आर्थिक सहयोग र दिगो पर्ुवाधार विकास -सिडेफ) को प्राविधिक सहयोगमा निर्माणाधिक हरित सडकहरुबाट तिनवटै दाताले हात झिकेपछि अलपत्र परेका हुन् । द्वन्द्वको समयमा सडकहरुलाई प्राथमिकतामा राखेर काम शुरु गरेको भएपनि द्वन्द्व समाधानपछि दाताहरुले सबै लगानी शान्ति स्थापनाको क्षेत्रमा खर्चिने बताउदै बाटो अलपत्र छोडेर हिंडेको स्थानिय विकास अधिकारी विष्णुहरु पौडेलले बताए ।

पौडेलका अनुसार सबैभन्दा बढी रुद्रवेणी-पर्ूर्तिघाट सडकको १५ किलोमिटर र तम्घास सन्धिखर्कको बिच खण्डको १५ किलोमिटर भन्दा बढी सडक अलपत्र परेको छ । अर्को १८ किलोमिटर लम्बाई रहको छल्दीपनाहा धनार्जी खण्डको सडक भने आंशिक मात्रामा भएपनि पुरा भएको छ । ‘त्यसलाई पहिरो सफा गर्ने र कर्ल्भट बनाउने काम हामी पनि गर्न सक्छौं ।’-पौडेलले भने ।

दाता अभावमा अलपत्र परेका सडकहरुमध्ये ३ करोड ७४ लाख ६५ हजारको लागतमा निर्माण भैरहेको गुल्मीको सदरमुकाम देखि अर्घर्ाा“चीको सदरमुकाम सन्धिखर्क जोडने सडक मध्ये १४ किलोमिटर, जिल्लाकै विकट क्षेत्र मानिने रुद्रवेणी- हर्मिचौर- पूर्तिघाट हुदै पर्वत जोड्ने १५ किलोमिटर र छल्दीपनाहा देखि सिमलटारी हुदै प्यूठान जोड्ने सडकको केही भाग अलपत्र परेका छन् । ति सडकहरुमा इन्पि्रनले झण्डै ८ करोड भन्दा बढी लगानी गरिसकेको छ । तिनवटै सडकहरु निर्माण सम्पन्न हुन नसक्दा दाताको उक्त रकम समेत खेर जाने उपभोक्ता समितिहरुको गुनासो छ । सडकहरुको कुनैको शुरु र अन्त्यमा र कुनैको बिच खण्डमा मात्र काम गरेकाले निर्माण भएका सडकहरुमा समेत सवारी चल्न सक्ने अवस्था छैन् । (more…)

September 16, 2007

एमालेद्वारा उम्मेद्वार सिफारिस

गुल्मी, ३० भदौ- नेकपा एमालेले यहा“का तिन वटै निर्वाचन क्षेत्रका लागि बहुमतीय र समानुपातिक चुनाव प्रणालीका लागि आफ्ना उम्मेद्वारहरु सिफारिस गरेको छ । शनिवार पार्टीीकर्यालयमा बसेको जिल्ला कमिटिको बैठकका निर्ण्र्ार्सार्वजनिक गर्दै आइतवार जारी गरेको विज्ञप्तीका अनुसार बहुमतीय चुनावका लागि तिनवटा निर्वाचन क्षेत्र मध्ये एउटामा प्राथमिकता र अन्यमा वर्ण्ाानुक्रम अनुसार उम्मेद्वार सिफारिस गरेको छ । एमालेले दर्ुइ वटा क्षेत्रमा अहिलेका सांसदहरुलाई सिफारिस गरेको छ भने क्षेत्र नं. १ का सांसद फटिक थापालाई भने समानुपातिकबाट सिफारिस गरेको छ ।

एमालेका अनुसार क्षेत्र नं. १ मा बर्ण्ाानुक्रम अनुसार टिकाराम ढकाल, बाबुराम खरेल र मैना भण्डारी छन् । त्यस्तै क्षेत्र नं. २ मा पनि नर्मदा भण्डारी, नीलकण्ठ गौतम र वर्तमान सांसद प्रदीप ज्ञवाली रहेका छन् । तर क्षेत्र नं. ३ मा वर्तमान सांसद गोकर्ण्र्ाावष्टलाई पहिलो प्राथमिकतामा राखेर सिफारिस गरेको छ । अन्य क्षेत्रबाट ३ जनाको नाम सिफारिस गरेपनि विष्टको विकल्पमा टोमलाल पाण्डेमा सिफारिसमा परेका छन् ।

त्यस्तै एमालेले समानुपातिक चुनाव प्रणालीका लागि पनि बर्ण्ाानुक्रम अनुसार पार्टीीचिव कमल श्रेष्ठ, गणेशबहादुर वि.क., जंगबहादुर नेपाली, टंक पोखरेल, दिलशोभा पुन, फटिक थापा, बालसिंह काउछा र भागीरथी श्रेष्ठ रहेका छन् । त्यस्तै निर्वाचनका सबै गतिविधि संचालन गर्नका लागि तिनवटै क्षेत्रमा कार्यालय स्थापना गर्ने, निर्वाचन परिचाल कमिटि, आर्थिक व्यस्थापन कमिटि, प्रचारप्रसार कमिटिहरु समेत एमालेले गठन गरेको छ । एमाले सचिव कमल श्रेष्ठले निर्वाचनका लागि जिल्लाभर सम्पूण् नेता कार्यकर्ताहरु परिचालन भै सकेको बताए ।

खा को हत्या कपिलबस्तु र बुटबलमा कर्फु

रुपन्देही भाद्र ३०, लोकतान्त्रिक मधेशी मोर्चा कार्यवाहक अध्यक्ष एवं नेपाली काूग्रेस कपिलवस्तुका जिल्ला सदस्य मोहित खाूको आज बिहान अज्ञात समूहले गोली हानी हत्या गरेको छ । राजाको शासनकालमा माओवादी प्रतिकार समितिमा समेत रहेका खाूको विरपुर गाविसको बालापुरस्थित आफ्नै घर नजिक खेतमा काम गरिहेको अवस्थामा मोटरसाइकलमा गएका अज्ञात व्यक्तिले गोली प्रहार गरेपछि खाूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । खाूको हत्यापछि आक्रोशित उनका र्समर्थकहरुले जिल्लाको कृष्णनगर,चन्द्रौटालगायतका ठाउूमा रहेका दर्जनौं सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् । यस्तै विरपुर गाविसका निवर्तमान गाविस अध्यक्ष अनिल अधिकारीको लाखौं मुल्य बराबरको पक्की घर समेत जलाइदिएका छन् । त्यस क्रममा केही राउण्ड गोली समेत चलेको अपुष्ट खबर छ । अहिले सदरमुकाम तौलिहवा कृष्णनगर,चन्द्रौटालगायतका ठाउूको स्थिति तनावग्रस्त रहेको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा पहाडिया मूलका व्यक्तिहरु आक्रोशित समूहको निशाना बनेको र संचारकर्मी र प्रहरीसमेत समेत जान सक्ने अवस्था नरहेको बताइएको छ । यता कपिलवस्तुमा सवारी साधनमाथि भएको आगजनी र तोडफोडको विरोधमा यातायात व्यवसायीहरुले बुटवलमा बजार र यातायात सेवा पर्ूण्ारुपमा बन्द गराएका छन् । कपिलवस्तु घटनालाई लिएर स्थानीय प्रशासनले आज बुटवलमा दिउसो १ बजेदेखि र कपिलवस्तुमा साढे एक बजेदेखि कफर््र्यु लगाएको छ । कपिलवस्तुमा गस्तीमा गएको सशष्त्र प्रहरी भ्यानमा आगजनी र एक सशष्त्र प्रहरी मारिएपछि तथा बुटबल-४ स्थित मस्जीदमा आगजनी र एउटा मोटरर्साईकल जलाइएपछि प्रशासनले सिथति थप ब्रि्रन नदिन कफर््र्यु आदेश जारी गरेको हो । स्थितिलाई नियन्त्रणमा राख्न बुटवल नगरपालीकाका १५ वटै वडामा अनिश्चीतकालिन कर्फुर्ु लगाएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ भने कपिलवस्तुमा सदरमुकाम तौलिहवा,कृष्णनगर,चन्द्रौटा,खैरेन्द्रपुर,विरपुरर शिवनगर क्षेत्रमा साढे एकबजेदेखि कफर््यु लगाइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । प्राप्त पछिल्लो जानकारी अनुसार कपिलवस्तुका विभिन्न ठाउूमा बस र ट्रक गरी सयबढी सवारी साधनमा आगजनी गरिएको जिल्ला प्रहरीकार्यलय कपिलबस्तु ले जनाएको छ ।

September 14, 2007

प्रहरी तालीमको समापन

बुटबलमा ९२ औ समुह प्रहरी तालीमको समापन सो अबसरमा पुरस्कार पनि बितरण गरिएको थियो | तस्विर ःचन्द्रकान्त खनाल

September 12, 2007

संविधान सभाको चुनाव प्रचारमा

संविधान सभाको चुनाव प्रचारमा गुल्मी जिल्लाका ग्रामिण क्षेत्रका युवाहरु उत्साहित भएका छन् । दलहरुले अझै भित्ते लेखन शुरु नगरेपनि शान्तिपुर गाविसमा एमाले र्समर्थक युवाहरुले संविधान सभाको निर्वाचन सफल पार्न र संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न माग गर्दै भित्तै लेखन त्रि्र पारेका छन् । दलहरुले सदरमुकाममा मात्र भित्ते लेखन गरेपनि युवाहरुको सक्रियतामा विभिन्न गाउमा युवाहरुले प्रचार प्रसार शुरु गरेका छन् । तस्विर ः घनश्याम गौतम

एक घर, एक अखिल छैठौंरुको रणनीति

रुपन्देही भाद्र २६ अखिल छैठौंको दुइ दिवसीय राष्टिरुय परिषद् बैठक तथा प्रशिक्षण कार्यक्रम आज दैखी बुटवलमा सुरु भएको छ । संविधानसभा निर्वाचनमा विद्यार्थी परिचालन एवं सांगठनिक योजनामा केन्द्रित रहेर आयोजना गरिएको बैठक तथा प्रशिक्षण कार्यक्रमको संगठनका केन्द्रीय अध्यक्ष राजेन्द्र ढुंगानाले एक समारोहका बीच उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ढुरुानाले संगठनको पर्ूव इतिहासलाई अगाडि बढाउँदै अहिलेको राष्टिरुय मुद्दा संविधानसभालाई सफल पार्न विद्यार्थीहरु परिचालित गर्ने बताउनुभयो । उहाँले विभिन्न कोणबाट संविधानसभालाई ओझेलमा पारेर जनताको चाहनामाथि कुठाराघात पार्न भैरहेको षड्यन्त्रका विरुद्ध सम्पूण् विद्यार्थी सचेत र संगठित भएर लाग्न आग्रह गर्नुभयो । सम्बोधनका क्रममा अध्यक्ष ढुगाना नाले आगामी मंसिर ६ गतेको संविधानसभाको चुनावमा छैठौं एक घर, एक अखिल छैठौंरुको रणनीति लिएर पुग्ने घोषणा गर्दै सत्ताधारी विद्यार्थी संगठनहरु शैक्षिक भागवण्डामा लागेर शैक्षिक अराजकता बढाएको आरोप लगाउनुभयो । मुलुकमा राजनीतिक परिवर्तन सँगै शिक्षामा पनि आमूल परिवर्तन हुनुपर्ने र त्यसका लागि आन्दोलन जरुरी छ अध्यक्ष ढुंगानाको भनाइ थियो । (more…)

तिलोत्तमा गोल्डकपको हुने

लुम्बिनी अंचलवासीको शानको रुपमा रहेर पनि रोकिएको तिलोत्तमा गणेल्ड कप फुटबल प्रतियोगिता सुरु हुने आशा पलाएको छ । गोल्डकप प्रतियोगिताका सरोकारवाला संघसंस्थाहरु गोल्डकप गराउन जागरुक भएर लाग्न थालेपछि यो आशा पलाएको हो । ६ वर्षो अन्तरालमा हुने आशा पलाएको यो गोल्डकपका लागि गोल्डकपको संरक्षकत्व निभाइरहेको बुटवल नगरपालिकाले गोल्डकप गराउन ५ लाख छुट्याइसकेको छ । त्यस्तै नगरपालिकाले बजेट छुट्याइसकेकाले गोल्डकप गराएरै छाड्ने प्रतिबद्धता जिल्ला फुटबल संघ रुपन्देहीले गरेको छ । गोल्डकपको स्थापना गरेको बुटवल नगरपालिकाका अनुसार २०३१ सालमा पहिलोपटक गरिएको यो गोल्डकपले १५औं संस्करणसम्मको यात्रा तय गरिसकेको छ । विभिन्न बाधा व्यवधानहरु छिचोल्दै हरेक वर्षवा केही वर्षो फरकमा प्रतियोगिता आयोजना गरेर पनि गोल्डकपले १५औं संस्करणसम्मको यात्रा पार गरेको थियो भने १५औं संस्करण पार गर्दा रोकिएको थियो । बुटवल नगरपालिकाको सहयोग तथा राष्टिरुय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघ-एन्फा)को वाषिर्क क्यालेण्डरमा रहेको यो गोल्डकपको पहिलो संस्करण तत्कालीन शाही नेपाल वायु सेवा निगमले हात पारेको थियो । खेलकुदको क्षेत्रको नमूना जिल्लाको रुपमा रहेको रुपन्देही जिल्ला र लुम्बिनी अंचलकै लागि गौरवको विषय रहेको गोल्डकपले ०५८ पछि निरन्तरता नपाउनुमा शाही शासनसँगै मुख्य तीन कारणहरु रहेको खेल क्षेत्रका सम्बद्ध व्यक्तिहरु बताउँछन् । जसमा प्रमुख कारण आर्थिक कारण थियो भने माओवादीको जनयुद्ध र मैदानको अभाव पनि अन्य कारणहरुमा पर्दथे । हरेक पटक गोल्डकप पश्चिम क्षेत्रीय तालिम केन्द्र बुटवल कालिकानगरको खेल मैदानमा हुने गर्दथ्यो । राजाको शासनपछि त्यो मैदान उपलब्ध गराइएको थिएन । मैदानको अभावसँगै गोल्डकप रोकिन पुगेको थियो । (more…)

क्रिकेट एशोसिएसन गठन

Filed under: समाचार

गुल्मी, २६ भदौ- क्रिकेटप्रेमी खेलाडीहरुको भेलाले गुल्मीमा क्रिकेट एशोसिएसन नेपाल गठन गरेका छन् ।

खेलप्रेमीहरुमा उत्साह जगाउन र क्रिकेट खेलको विकास गर्न खेलाडीहरुले एशोसिएसन गठन गरेका हुन । भेलाले श्याम क्षेत्रीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो । जसको सहसंयोजकमा रमेश श्रीस, सचिव भगतसिंह खड्का, कोषाध्यक्षमा राजु कुवर रहेका छन् ।

समितिले निकट भविष्यमै जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने संयोजक श्याम क्षेत्रीले बताए । यहा“का युवाहरुको क्रिकेटप्रति उत्साह बढ्दै गएपनि प्रशिक्षण र प्रतियोगिता अभावमा खेलाडीहरु निराश बन्ने गरेका छन् ।

इमेल इन्टरनेट सुचारु

Filed under: समाचार

गुल्मी, २६ भदौ- छ दिन देखि अवरुद्ध भएको यहा“को इमेल इन्टरनेट सेवा बुधवार दिउसो देखि संचालनमा आएको छ ।र् र्सभरमा खराबी आएपछि शुक्रवार देखि जिल्लामा इमेल इन्टरनेट ठप्प भएको थियो । नेपाल टेलिकम क्षेत्रीय कार्यालय भैरहवाले बुधवार मर्मत गरेपछि सेवा संचालनमा आएको हो । इमेल इन्टरनेट अबरुद्ध हुदा यहाका संचारकर्मी, साइवर क्याफेहरु, विदेशी रेमिटान्स भित्र्याउने व्यवसायहरु बढी प्रभावित थिए ।

September 6, 2007

सम्मान

Filed under: समाचार

तम्घास गाविसले निःशुल्क सेवा गरे वापत गरेको सम्मान ग्रहण गर्दै महिला स्वयं सेविका । गाविसले स्वास्थ्य एवं जनचेतनाका सम्बन्धमा गाविसमा उल्लेख्य योगदान गरेको भन्दै २० जना महिला स्वयं सेविकाहरुलाई सम्मान गरेको हो । तस्विर ः घनश्याम गौतम

महिला स्वयं सेविका सम्मानित

Filed under: समाचार

गुल्मी, १८ भदौ- तम्घास गाविसले निःशुल्क रुपमा सेवा पुर्‍याउदै आएका तम्घास गाविसका महिला स्वंय सेविकाहरुलाई सम्मान गरेको छ । गाविसका सबै वडाहरुमा सक्रिय रहेर गर्भवती महिला, विभिन्न खोप, स्वास्थ्य चेतना लगायतका क्षेत्रमा स्वयंसेवकका रुपमा काम गर्दै आएका महिलाहरुमा थप उत्साह जगाउन सम्मान गरेको हो । गाविसले तम्घास गाविसका ९ वटा वार्डका २० जनालाई निलो साडी र ब्लाउज उपलब्ध गराएको थियो । गाविस सचिव झविन्द्र भण्डारीले यस कार्यक्रमलाई आगामी वर्षा पनि निरन्तर गरिने बताए ।

पहिरोले विद्यालय भवन भत्कायो

गुल्मी, १८ भदौ- लगातार परेको वषाका कारण नेटा गाविसमा पुनः गएको पहिराले सोमबार विद्यालय भवन बगाईदिएको छ । पहिरोले नेटा गाविस-२ कटौजेमा रहेको कालिका प्राथमिक विद्यालयको ७ कोठे भवन बगाईदिएको हो । भवन भत्केपछि विद्यालय अर्को व्यवस्था नहुदासम्मका लागि बन्द गरिएको प्रधानाध्यापक जीवन अर्यालले बताए । विद्यालयमा झण्डै ३ सय विद्यार्थी अध्ययनरत छन् । सबैको पर्ढाई अन्योल भएको छ । पहिरोका कारण सोही गाविसको वार्ड नं. ४ न्वारधारामा १२, ७ को लेखमा १० र २ को कटौजेमा १८ घर गरि ४० घर विस्थापित भएका छन् । यस अघि सोही कटौजेमा गएको पहिरोले ६ जना दलितको मृत्यु भएको थियो ।

जिल्लाभर सिडिएमए फोन र स्काई मोवाइल सेवा

Filed under: समाचार

गुल्मी,- नेपाल टेलिकमले जिल्ला भर टिप्न सक्ने गरी सिडिएमए र स्काई मोवाईल सेवा संचालन गरेको छ ।

कार्यालयले बम्घा गाविसको बम्घाकोटमा तिन हजार क्षमताको टावर निर्माण गरी बिटिएस जडान गरेपछि टेलिफोन सेवा जिल्ला भर पुगेको हो । यस अघि सदरमुकाम तम्घास वरपर र पाल्पाको टावरबाट पर्ुर्वी र दक्षिणी क्षेत्रका सिमित गाविसमा मात्र यो सुविधा थियो ।

बम्घा टावर संचालनमा आएपछि जिल्ला भर टेलिफोन सेवा पुगेको र अब असोज भित्रमा जिल्लामा टेलिफोनका सबै सेवालाई माग्ने बित्तिकै दिन सकिने बनाईने नेपाल टेलिकम गुल्मीका प्रमुख ऋषिराम न्यौपानेले बताए । कार्यालयका अनुसार जिल्लामा अहिले ७ सय १५ प्रिपेड सिडिएमए, ७ सय ३५ साधारण टेलिफोन, ५ सय भन्दा बढी स्काई मोवाईल र ५ सय नमस्ते मोवाईल संचालनमा छन् । जिल्लाबाटै सबै प्रविधिका मोवाईल सिमकार्ड वितरण गर्न र्सवसाधरणले पटक पटक आग्रह गरेपनि टेलिकमको शाखाले अहिलेसम्म त्यसको कुनै पहल गरेको छैन् ।

टेलिकम कार्यालयले सिडिएमए फोनका लागि बम्घा र रेसुङ्गाडा“डा“मा टावर बनाएको छ । ‘दुवै टावरले नभेटेको केही स्थानहरुका लागि पनि तत्कालै र्सर्भे गरी टावर निर्माण कार्य गरिनेछ’-कार्यालय प्रमुख न्यौपानेले भने-’अब छिट्टै नै जिल्लामा सिडिएमए र नमस्ते गरी ६ हजार क्षमताको बिटिएस जडान गर्ने तयारी भैरहेको छ ।’ अहिले ३ हजार क्षमताको मात्र बिटिएस जडान भएको छ ।

कांग्रेस र एमालेद्वारा चुनावी सभा शुरु !

Filed under: समाचार

गुल्मी, - कांग्रेस र एमालेले संविधान सभा निर्वाचनका लागि एकै साथ अभियान शुरु गरेका छन् । उनीहरुले शनिवार सदरमुकाम बाहिरका विभिन्न स्थानहरुमा निर्वाचन सभा गरी अभियान शुरु गरेका हुन् । एमालेले सदरमुकामबाट ४० किलोमिटर दक्षिण बलेटक्सार बजारमा निर्वाचन सभा आयोजना गरी अभियान शुरु गरेको हो भने नेपाली कांग्रेसले पनि त्यस नजिकै हर्दिनेटा गाविसबाट सभा शुरु गरेको हो । दुवै पार्टी अभियान शुरु गर्दा आ-आङ्खनै बाहुल्यता रहेका गाविसहरु रोजेका छन् । एमालेको बलेटक्सारमा भएको सभाको उद्घाटन पर्ूव मन्त्री तथा जिल्लाका क्षेत्र नं. २ का सांसद प्रदिप ज्ञवालीले र कांग्रेसको हर्दिनेटाको सभालाई युवा नेता चन्द्र भण्डारीले उद्घाटन गरेका थिए । एमालेले यस अघि नै कार्यकर्ताहरु गाउ“मा निर्वाचन तयारीका खटाएको र सभाहरु समेत भैरहेको जनाएको छ भने कांग्रेसले निर्वाचन सभाका रुपमा पहिलो पटक गरेको जनाएको छ । दुवै पार्टी आयोजना गरेको सभाहरुमा दर्ुइ हजार भन्दा बढीको सहभागिता रहेको थियो । (more…)

युवराज पारसलाई हृदयाघात ! आपतकालीन शल्यक्रिया, खतरामुक्त

Filed under: समाचार

काठमाडौं । बेला बेलामा चर्चामा आउने युवराज पारस बिहीबार बिहान ११ बजे अचानक अस्वस्थ भएपछि उहाँलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । पछिल्लो समाचारअनुसार युवराज पारसको आपतकालीन शल्यक्रिया गरिएको र स्वास्थ्यस्थिति खतरा मुक्त रहेको चिकित्सक स्रोतले बताएको छ । राजपरिवारका सदस्यहरु अस्वस्थ हुँदा सधैं सैनिक अस्पताल छाउनीमा लगिने गरेकोमा यसपटक पारसलाई उपचार्रार्थ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । पारसको शल्यक्रियापछि स्वास्थ्य खतरामुक्त भएपछि त्यहाँ पुगेका राजारानीलगायत अन्य राजपरिवारका सदस्यहरु दिउँसो २ बजेपछि अस्पतालबाट घर फर्किएका छन् । पारसको स्वास्थ्यस्थिति बुझ्न पर्ूव प्रधानमन्त्री कर्ीर्तिनिधि विष्ट, भरतकेशर सिंहलगायत र्सवसाधारणहरुको उल्लेख्य उपस्थिति रहेको थियो । अस्पताल स्रोतले दिएको जानकारीअनुसार पारसलाई ११ः३० बजे एम्बुलेन्समा अस्पतालमा ल्याइएका पारसलाई त्यहाँ रहेका सबै डाक्टरहरुले उहाँलाई जतनसाथ अति विशिष्ट कक्षमा लगी शल्यक्रिया सुरु गरिएको थियो ।

August 25, 2007

पहिरोमा पुरिएर नौंको मृत्यु

Filed under: समाचार

गुल्मी, ७ भदौ - अविरल वषाका कारण गुल्मी जिल्लामा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर एकै परिवारका चार सहित छ जनाको मृत्यु भएको छ । गुल्मीको नेटा गाउँ विकास समितिको वडा नंरु२ कटौजेमा गएको पहिरोमा परी मृत्यु हुनेहरुमा ७७ वषर्ीय रनदति वि.क, ३३ वषर्ीय अमृता वि.क, उनका ११ वषीय छोरा कृष्ण वि.क, ८ वषर्ीय छोरा सुरज वि.क., ३० वषीय जमुना वि.क., उनकी छोरी ८ वषर्ीय मुना वि.क. रहेका छन् । रनदति, अमृता, कृष्ण र सुरज एकै परिवारका हुन् । उनीहरु सुतिरहेको अवस्थामा पहिरोले च्यापेको थियो । उनीहरुको सब एकै ठाउँमा पहिरोले पुरिएको अवस्थामा फेला परेको थियो । वषाका कारण सो गाविसका १२ घर परिवार विस्थापित भएको र विस्थापित घर परिवारलाई सुरक्षित स्थानमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गुल्मीको इस्मा प्रहरी चौकीबाट उद्धार टोलि घटनास्थल पुगि सकेको र थप उद्धारका लागि सदरमुकाम तम्घासबाट पनि टोलि घटनास्थल गएको बताइएको छ । उता रुकुममा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । रुकुमको मेलचौरमा एकै परिवारका तीन जनाको मुत्यु भएको हो ।

August 21, 2007

आमहड्ताल र भौतिक कारबाहीसहित फेरि माओवादी व्रिदरोह सुरु !ज्ञानेन्द्रसहित २०२ को ज्यान खतरामा

Filed under: समाचार

काठमाडौं, ४ भदौ ।

व्रिदरोहको अन्त्य गरेको घोषणा गरेर सरकार र सदनमा हिस्सा जमाएको नेकपा माओवादीले पुन जनव्रि्रोहको अभ्यास सुरु गरेको छ । यसका लागि पहिलो चरणअर्न्तर्गत माओवादीले दुइमहिने नयाँ जनआन्दोलनका नाममा संर्घष् का कार्यक्रम सोमबार घोषणा गरेको छ । कार्यक्रममा राजनीतिक हड्तालदेखि जनकारबाहीसम्मका संर्घष् छन् । थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने अधिकार माओवादीले आफ्ना भ्रातृसंगठनहरुलाई सुम्पेको छ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम र आचारसंहिता र्सार्वजनिक गरेको चौबीस घन्टा नबित्दै माओवादीले सरकार, सदन र सडक तीनै मोर्चाबाट संर्घष् गर्ने उक्त कार्यक्रम घोषणा गरी निर्वाचनको सम्भावनामाथि खतराको घन्टी बजाएको छ । माओवादीको यो घोषणाले युद्धविराम र यसअघिका सबै शान्तिसम्झौता भंग भएको दलहरुले आरोप लगाएका छन् । दलका नेताहरुले माओवादीले संविधानसभा बिथोल्ने योजनाअनुरुप यस्तो घोषणा गरेको भन्दै त्यसको घाटा माओवादीलाई नै पर्ने चेतावनीसमेत दिएका छन् । मंसिर ६ मा घोषित संविधानसभा निर्वाचन सम्पन्न गर्नका लागि विभिन्न २२ बुँदे आधारभूत पर्ूवर्सतका रुपमा माओवादीले आफ्ना माग अघिसारेको छ । आफैं सहभागी सरकारविरुद्ध माओवादीले घोषणा गरेको यो कार्यक्रमले सबैलाई आर्श्चर्यचकित पारेको छ । माओवादीको विस्तारित बैठकको निर्ण्र् य आधारमा गरिएको यस घोषणा कार्यान्वयनको चरणमा माओवादीले सरकारसमेत छाड्ने खतरा देखिएको छ । (more…)

August 19, 2007

सिंहदरबारमै महिलाले नांगो जुलुस निकाल्ने

Filed under: समाचार

काठमाडौं । बादी महिलाहरुले सिंहदरबारअगाडि नै दुनियाँलाई गोप्यकुरा देखाइदिने भएका छन् । उनीहरुले आफ्ना माग सुनुवाइ गर्नुको सट्टा उल्टो हस्तक्षेप गरेको भन्दै सिंहदरबारअगाडि नांगै जुलुस प्रदर्शन गर्ने धम्की दिएका हुन् । हिजो साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि आफूहरुले उचित अधिकार पाउनुपर्ने माग राख्दै बादी महिलाले धर्ना दिएका छन् । आठ दलको शीष् बैठक बसिरहेको समयमा बादी महिलाले बाहिर गेटमा धर्ना दिँदै संविधानसभा निर्वाचनमा दुइ सिट आफूहरुलाई आरक्षण दिन मागसमेत गरेका छन् । यदि सो माग पूरा नगरे सम्पूण् बादी महिलाले राजधानीमा नांगो जुलुस प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।

August 17, 2007

मोबाइलचार्ज अब पीपल पातबाट

Filed under: समाचार

के तपार्इं बिजुली नभएको ठाउँमा हुनुहुन्छ - चिन्ता लिनु पर्दैन, पीपलको पातबाटै तपाईंको मोबाइल चार्ज हुन्छ । झट्ट पढ्दा वा सुन्दा कुनै विज्ञापनजस्तो यो समाचार वास्तविकता हो । अब बिजुलीबिना नै मोबाइलको चार्ज गरी प्रयोग गर्न सकिने भएको छ । एक्काइसौँ शताब्दीको आधुनिक कम्प्युटरको जमानालाई लात हान्दै पीपलको पातबाट मोबाइलको ब्याट्री चार्ज हुने भएको हो । हालै नुवाकोट जिल्लाको विभिन्न गाविसका मोबाइलउपभोक्ता आफ्नो मोबाइलबाट ब्याट्री झिकी पीपलको पातमा राखी बिनाबिजुली चार्ज गरी प्रयोग गर्दै आएका छन् । जिल्लाका बेलकोट, मदानपुर र्सूयमती, जिलिङ रातमाटेलगायतका गाविसका मानिसले आफ्ना मोबाइल पीपलको पातमै चार्ज एक सातादेखि प्रयोग गर्दै आएका छन् । मोबाइलको ब्याट्री निकालेर पीपलको पातमाथि सुल्टो पारेर ब्याट्रीको चार्ज गर्ने मुखमा च्यापिदिएपछि चार्ज हुने बेलकोट गाविसका एक मोबाइल प्रयोगकर्ता श्याम पाण्डेले बताए । अर्को अचम्मको कुरा के भने पीपलका पातमा ६ देखि १५ सेकेन्डभित्रै पूरा चार्ज हुन्छ । जब कि बिजुलीबाट फुलचार्ज गर्न घन्टौँ लाग्छ । यो घटनाले सबैलाई अचम्मित पारेको छ

August 16, 2007

माओवादीमा सरुवा-बढुवा

Filed under: समाचार

माओवादीको विस्तारित बैठक पछि बसेको केन्द्रीय कमिटिको बैठकले केन्द्रीय नेतृत्वको व्यापक हेरफेर गरी नेताहरुको सरुवा बढुवा गरेको छ । बैठकले जनयुद्धकालिन संरचनालाई भंग गरी नयाँ संरचनाको निर्माण गरेको छ । जसअनुसार पार्टी हेडक्वाटरमा अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टर्राई, रामबहादुर थापा, महोन बैद्य, सीपी गजुरेललाई राखेको छ । यसअघि पार्टी हेडक्वाटरमा प्रचण्ड र बाबुराम मात्र थिए । त्यस्तै जनमुक्ती सेनाको सुप्रिम कमाण्डर प्रचण्डलाई सैन्यव्यूरो इन्चार्जमा परिवर्तन गरी डेपुटी कमाण्डरहरुलाई सदस्य बनाएको छ भने डा. बाबुराम भट्टर्राई संयोजक रहेको क्रान्तिकारी जनपरिषद्का जिम्मेवारी कृष्णबहादुर महरालाई तोकेको छ । रामबहादुर थापाको नेतृत्वमा रहेको संगठन व्यूरोमा पोष्टबहादुर बोगटीलाई ल्याएको छ । बैठकले पाँचवटा व्यूरो र १३ वटा राज्यकमिटी गठन गरेको छ ।

August 12, 2007

रेसुङ्गामा भिड

गुल्मीको धार्मिक स्थल रेसुङ्गा मन्दिरमा आइतवार साउने औशीको दिन लागेको दर्शनार्थीको भिड । यहाको दुइ हजार तिन सय ४५ मिटर उचाईमा रहेको धार्मिक पर्यटकिय स्थल रेसुङ्गा क्षेत्रमा साउन महिना भर यस्तो धार्मिक लाग्ने गर्दछ । अब तस्विर ः घनश्याम गौतम

August 11, 2007

चोरीको सात मोटरर्साईकल पक्राउ

Filed under: समाचार

गुल्मी, २६ साउन- ट्राफिक प्रहरी कार्यालयले अबैध रुपमा भन्सार छलेर ल्याइएका सात वटा मोटरसाइकलहरु कब्जा गरेको छ ।

कार्यालयले शुक्रबार र शनिवार गरी पा“च र जिल्ला प्रहरी कार्यालयले दुइ गरी सात वटा मोटरर्साईकल कब्जामा लिएको हो । कब्जामा लिएका मध्ये हिरोहोण्डा र बजाज कम्पनीका रहेका छन् ।

ट्राफिक कार्यालयका इन्चार्ज पोमनारायण खनालका अनुसार जफत गरिएका सबै मोटरर्साईकलहरु भैरहवा भन्सार कार्यालयमा पठाउने बताए । उनका अनुसार लु.२ प. ९५७०, ना.३ प. २७१९, बा.१ प. ७३८८, लु.२ प. ७५६५, लु.२ प. २४६८, लु.२ प. ८७६५ र लु.१ प. ७९३४ रहेका छन् । जिल्लामा ट्राफिक प्रहरी कार्यालय चार महिना अघि स्थापना भएको हो ।

जिल्लाका सदरमुकाम सहित ग्रामिण क्षेत्रहरुमा २ सय भन्दा बढी यस्ता चोरीका मोटरर्साईकलहरु रहेको भएपनि प्रहरीले पक्राउ शुरु गरेको यो पहिलो हो ।

कफिमा गवारो नियन्त्रण तालिम

Filed under: समाचार

गुल्मी, २६ साउन- कफिमा लाग्ने गवारो नियन्त्रण गर्न जिल्ला सहकारी संघले यहा“का कृषकहरुलाई एक दिने तालिम उपलब्ध गराएको छ ।

उज्यालो परियोजनाको कृषक देखि कृषक कार्यक्रम अर्न्तगत अमेरिकाको हवाई युनिर्भसिटीबाट आएकी स्वयंसेवी इल्सियो बरबानोले कफिमा लाग्ने सेतो गवारो र यसको नियन्त्रणको उपायका बारेमा कृषकहरुलाई प्रशिक्षण दिएकी हुन् । तालिममा कृषकहरुले जिल्लाका कफि बोटमा देखिएका समस्या, जैबिक खेती गर्ने प्रबिधि लगायका बारेमा जिज्ञासा राखेका थिए । तालिममा जिल्लाका दश जना कृषक सहभागी थिए ।

सेवा समाजमा पुरानै नेतृत्व निर्वाचित

Filed under: समाचार

गुल्मी, २६ साउन- रेसुङ्गा सामुदायीक सेवा समाजको शुक्रवार सम्पन्न पहिलो साधारण सभाले दिलशोभा पुनलाई पुनः निर्विरोध निर्वाचित गरेको छ ।

साधारण सभाले समाजको अन्य पदाकारी मध्ये सदस्यमा भगवती श्रीस र कृष्ण नेपाली बाहेक अन्य पुरानै सबैलाई निर्वाचित गरेको छ । प्रहरीसंगको सहकार्यमा समाजमा अवराधिक गतिविधि नियन्त्रण गर्ने, ट्राफिक जनचेतना फैलाउने, विभिन्न सडक नाटकहरु गर्ने लगायतका काम गर्ने गरी समाज गतवर्षस्थापना भएको हो ।

समाजको सचिवमा प्रहरी कार्यालयका निरिक्षक पदेन रहने व्यवस्था छ ।

माओवादीले बम भण्डारण गरेको घरमा विस्फोट हु“दा दर्ुइ घरमा क्षति,

Filed under: समाचार

गुल्मी, २६ साउन- माओवादीले बम र हतियार लुकाई राखेको एक र्सवसाधरणको घर बिस्फोटमा परेको छ ।

ढिलो गरि प्राप्त भएको जानकारी अनुसार माओवादीले युद्धका बेला देखि नै बम, बारुद निर्माण तथा हतियार भण्डारण गर्दै आएको यहाको अत्यन्तै विकट भुर्तुङ्ग गाविस-५ छापचौरमा असार २५ गते उक्त घटना भएको हो । सदरमुकामबाट दुइ दिनको पैदल हिर्डाईबाट पुग्न सकिने उक्त गाविसमा माओवादीका पर्ुव जिल्ला इन्चार्ज समेत भएका खुमराज अर्यालको घरमा भएको उक्त बिस्फोटमा माओवादीका एक सय भन्दा बढी बमहरु विस्फोटन भएको र थुप्रै हतियारहरु समेत नष्ट भएको कामका लागि सदरमुकाम आएका एक शिक्षकले बताएका छन् ।

सदरमुकामबाट बिकटमा पर्ने भएको उक्त गाविसमा संचार सुविधा छैन् । गाउका मानिसहरु समेत अत्यावश्यक कामका लागि बाहेक अन्य कामका लागि पर्वत, पाल्पा, बुटवल तर्फ लाग्ने भएकाले घटना तत्काल र्सार्वजनिक हुन नसकेको हो । सदरमुकाम आएका शिक्षकका अनुसार घटना लगत्तै माओवादीले गाउमा उर्दी नै जारी गरी कतै खबर नगर्न दबाब दिएका थिए । घटनाबारे नजिकै पूर्तिघाट गाविसमा रहेको प्रहरी चौकी पनि बेखबर छ ।

बिस्फोटको घटनाबाट हतियार भण्डारण गरेको घर पुरै ध्वस्त भएको छ भने छिमेकी बाबुराम आचार्यको घरमा समेत क्षति पुगेको थियो । तर उनको घर माओवादीले नै जनश्रमदान गरी जस्ता पाता समेत किनेर मर्मत गरिदिएको छ । घटनाका बखत घरमा माओवादीले लुकाई राखेका शक्तिशालि -प्रेसर कुकर, बाल्टिन, गाग्रीबम) लगायत सबै नष्ट भएका छन् । त्यस्तै घर भित्रै रहेका अन्य केही हतियारहरुमा पुरै क्षति पुगेको भएपनि ति सहित बचेका अतियार अन्यत्रै सारेको बताईएको छ । उक्त स्थान माओवादीले युद्धका बेलामा समेत हतियार भण्डारण गर्ने क्षेत्र हो ।

माओवादी जिल्ला सेक्रेटरी जितजंगले घटना भएको स्वीकार गर्दै खुमराजको घरमा आफु माओवादी हुदा घरमा लुकाई राखेको बम बिस्फोट भएको र अन्य जानकारी आफुलाई नआएको दावी गरे ।

August 10, 2007

दलितको घरमा लुटपाट

Filed under: समाचार

गुल्मी, २५ साउन- मुखमा कालोपट्टी बाधेर आएका अज्ञात समुहले अमरपुर गाविस-६ एक सामान्य दलितको घरमा लुटपाट गरेका छन् ।

विहिवार राती १५/१६ जनाको समुहमा आएका लुटेराहरुले घर मालिक बुदे सार्कीलाई सहित घरमा रहेका सबैलाई कुटपिट गरी ५ हजार नगद र अन्य गर गहना लुटेर लगेको गाविस सचिव शेरबहादुर थापाले बताए । लुटेराले ३५ हजार भन्दा बढी लुटेको पीडितको दावी छ ।

गाउ जान छोडेर जिल्ला नेताहरु काठमाण्डौ तर्फ

गुल्मी, २५ साउन- संविधान सभाको निर्वाचन मिति नजिकिंदै गएपनि यहा“का क्रियाशिल राजनीतिक दलहरु त्यसको प्रचार प्रसारमा गाउ“ नपस्दा गाउमा राजनीतिक गतिविधि शुन्य छन् ।

गाउ“मा संविधान सभाको त्रि्र प्रचार प्रसार हुने बेलामा दलका जिल्ला स्तरीय नेताहरु काठमाण्डौमा भएकाले गतिविधिहरु शुन्य भएका हुन् । स्रोतहरुका अनुसार सबै पार्टी अधिकाशं जिल्ला नेताहरु जिल्लामा उम्मेदवारी माहौल तयार गर्न काठमाण्डौ मै बसेका छन् ।

जिल्लामा रहेका नेताहरुले भदौ महिनाभरमा संविधानसभाको प्रचार गर्दै दलहरु गाउ पस्ने योजना बनाएका छन् । ‘कांग्रेस एकिकरणको अलमलले हामी पनि अलमलमै छौं’, कांग्रेस कोषाध्यक्ष श्रीप्रसाद भलामीले भने-’भदौ देखि जे जस्तो भएपनि चुनावी माहौल लिएर गाउ जाने तयारी गरेका छौं ।’ उनले आफु भन्दा माथिका नेताहरु काठमाण्डौंमै रहेको भने व्यक्तिगत कारण बताए ।

क्षेत्रीय समिति र गाउ“ समितिहरु गठन भएको भएपनि सक्रिय नभएको कांग्रेसले स्वीकार गरेको छ । ‘कांग्रेसमा क्षेत्रीय समितिहरु बढी अधिकार सम्पन्न छन’, भलामीले भने-’तर अहिले ति समितिहरु बिगतदेखि अहिलेसम्मै निश्त्रिmय रहेका छन् ।’

त्यसो त अर्को ठुलो पार्टीीमालेका नेताहरु पनि धेरै काठमाण्डौमै बस्दै आएका छन् । यहा“ भएकाले पनि सदरमुकाम छोड्दैनन् । नेताहरु गाउ“ नर्फेपछि बैठक नै राखेर गाउ“मा गएर तल्ला कमिटिहरुलाई क्रियाशिल बनाउन निर्देशन गरिएको एमाले सचिव कमल श्रेष्ठले बताए । ‘भदौ २२ गते जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम छ’, उनले भने-’प्रशिक्षण लिएर गाउ“ पसेका नेता तथा कार्यक्रर्ताले मंसिर ६ गतेपछि गणतन्त्रको भोट लिएर मात्र र्फकने छन् ।’ उनको भनाईमा भदौ २२ गते अगाडी गाउ“मा संविधान सभाको चुनाव प्रचार प्रसारमा कोही जुट्ने छैनन् ।

जिल्ला भन्दा बढी बाहिर बस्नेमा कांग्रेस, एमाले, प्रजातान्त्रिक कांग्रेस र माओवादी बढी छन् । कांग्रेसका कोषाध्यक्ष भन्दा माथिका सबै नेता काठमाण्डौ मै छन् । एमालेका पनि आधा दर्जन जिल्ला नेताहरु बैठकका लागि बुधवार मात्र जिल्ला फर्केका छन् । अब उनीहरु काठमाण्डौ फर्केमा पार्टर्ीीट राजिनामा दिएर मात्र र्फकन निर्देशन दिएको श्रेष्ठले दावी गरे । कांग्रेस प्रजातान्त्रिकका पनि सभापति सहित अन्य नेता काठमाण्डौ मै छन् । माओवादीका नेताहरु पनि विस्तारित बैठकपछि कोही फर्केका छन् । नेता गाउ“ नपसेपनि गाउ“मा संविधान सभा, चुनावी प्रकृया लगायतका विषयमा प्रचार प्रसार गरिरहेको कार्यालयमा बस्दै आएका जिल्ला नेता तिलक बुढामगर ‘बादल’ले दावी गरे । ‘काठमाण्डौ गएका नेताहरु पनि आज भोलीमै र्फकदै हुनुहुन्छ ।’-उनले भने । (more…)

August 9, 2007

र्सप धपाउन आगो बाल्दा लाखौं नष्ट

Filed under: